हतियार सहित भारतीय युवक पक्राउ
२७ मंसिर, रौतहट । रौतहटको राजदेवी नगरपालिका वडा नं ८ बाट एक भारतिय युवक हतियार सहित पक्राउ परेका छ्न ।
सशस्त्र प्रहरीको बेलबिछ्वा बोर्डर आउट पोस्टले भारत बिहार बैरगनिया मुसाचकका २१ वर्षीय नितेश कुमार पटेललाइ नलकटुवा पेस्तोल सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन ओलिले जानकारी दिएका छ्न ।
भारतीय युवक पटेलले दाहिने तिघ्रामा सो हतियार लुकाएर नेपाल प्रवेश गर्दै गर्दा पक्राउ परेको उपरीक्षक ओलिले बताए । पक्राउ परेका युवकलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइने उनले बताए ।