कपिलवस्तुमा एक लाख रुपैयाँ बराबरको चाँदीसहित दुईजना प्रहरी नियन्त्रणमा
२७ मंसिर, रौतहट । पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा झण्डै एक लाख मुल्य बराबरको चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्घाखाँचीका २६ वर्षीय सुगम पुन र १२ वर्षीय उमेर सुनार रहेका प्रहरीले जनाएको हो ।
जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर २ स्थित राजमागको लखनचोकमा चेकजाँच गर्ने क्रममा लु ५५ प ६१५९ नम्वरको स्कुटीमा चढेर आएका अर्घाखाँचीको छत्रदेव गाउँपालिका –५ बस्ने सुनार र रुपन्देही सिद्धार्थनगर नगरपालिकाका पुनलाई खानतलासी गर्दा उनीहरुको साथबाट ९६ हजार मूल्य बरबरको ७३ तोला चाँदी र ४८ पिस रातोपत्थर बरामद गरिएको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिए ।






