पर्सामा एक ४७ वर्षीय पुरुषको शव फेला

   २७ मंसिर २०७७, शनिबार ११:१०  

२७ मंसिर, रौतहट । पर्सामा एक पुरुषको शव फेला परेको छ ।

गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा वीरगञ्ज ३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनार मृत भेटिएको प्रहरीले जनाएको हो ।

गाउँकै कुलोमा मृत फेला परेका सोनारको शव छेउमा रगत लागेको लठ्ठीसमेत देखिएका कारण उनका हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गैगा पन्तले जनाकारी दिए ।

शव पोष्टमार्टमका लागि नारायण अस्पताल पठाइएको र रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाइने उनले बताइन् ।