आज १०४४ जनामा कोरोना पुष्टि, १२७१ जना संक्रमणमुक्त

   २६ मंसिर २०७७, शुक्रबार १६:४०  

२६ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । जसमध्ये हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या १२ हजार १ सय ४८ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, विगत २४ घण्टामा थप १ हजार २ सय ७१ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको छन् । यससंगै हालसमम देशभर कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ३२ हजार ८ सय ७३ पुगेको मन्त्रालयले जानकारी दिए ।

यसैबीच, बितेको २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसंगै हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ५ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।