मंसिर १८ गते हराएका थारुको शव फेला

   २६ मंसिर २०७७, शुक्रबार १५:५९  

२६ मंसिर, रौतहट । राजापुर नगरपालिका ७ बस्ने हराएका थारुका शव भेटिएको छ ।

मंसिर १८ गते (आठ दिन) अघि बेपत्ता भएका ६३ वर्षीय थारु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

बेपत्ता रहेका थारुको आफन्तहरुले खोजतलास गर्ने क्रममा मंसिर २५ गते थारुका घरदेखि करिब २-३ किलोमिटर टाडा पश्चिमतिर खेतको सुख्खा कुलोमा उनका शव भेटिएको राजापुर ईलाका प्रहरी कार्यालयले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भईरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।