पोखरामा उपचाररत संक्रमित वृद्धको मृत्यु

   २६ मंसिर २०७७, शुक्रबार १५:३०  

२६ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण पोखरामा उपचाररत एक वृद्धको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा पोखरा महानगरपालिका १० बस्ने ७५ वर्षीय परुषको मृत्यु भएको अस्पतालले जनाएको हो ।

स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागि अस्पतालमा भर्ना भएका उनमा कोरोना पुष्टि भएसंगै उनका थप उपचार भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जनाए ।

आज बिहान उपचारका क्रममा ती संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले जनाए।