पाल्पामा २० वर्षीया युवतलीलाई जबरजस्ती करणी गरेको आरोपमा, ४५ वर्षीय आरोपी पक्राउ

   २६ मंसिर २०७७, शुक्रबार १३:४८  

२६ मंसिर, रौतहट । पाल्पामा एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रामपुर नगरपालिका ५ बाँझोबारी का ४५ वर्षीय गंगा बहादुर नेपालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

बुधबार राति नै मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेका थिए । बलात्कारको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार साँझ नै नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।