नवलपुरमा घर निमार्णमा काम गर्ने महिलामाथि सामूहिक बलात्कार

   २६ मंसिर २०७७, शुक्रबार ११:०८  

२६ मंसिर, रौतहट । नवलपुरमा घर निमार्णमा काम गर्ने एक महिलामाथि सामूहिक बदलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, भने एक जना फरार भएका छन् ।

नवलपुरको कावासोती ३ अट्ठाइस बिघामा २५ वर्षीया महिलामाथि यही मंसिर २३ गते निर्माणाधीन घरका मालिक र ती महिलासँगै काम गर्ने अन्य दुई जना मजदुरले सामूहिक बलात्कार गरेका हुन् ।

पीडित महिलाले आफूमाथि सामूहिक बलात्कार भएको भनदै यही मंसिर २४ गते जिल्ला प्रहरी कार्यालय नवलपुमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीपछि घटनास्थलमा पुगी प्रहरीले घटनास्थलबाट बारा पचरौता नगरपालिका ९ कुडवाका १९ वर्षीय सन्दीपकुमार यादव र १९ वर्षीय शरदप्रसाद यादवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहका अनुसार घटनामा संलग्न घरबेटी स्याङ्जा चापाकोट नगरपालिका– ९ साखरका घर भई हाल कावासोती– ३ अट्ठाइस बिघा बस्ने भगवत भट्टराई फरार रहेका छन् ।

उनको खोजी भइरहेको प्रहरीले जानएको छ । भट्टराईको घर निर्माणका क्रममा दोस्रो तलाको ढलान सकेपछि तीनजनाले मदिरा सेवन गरेर महिलामाथि बलात्कार गरेका थिए ।

पक्राउ परेकालाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।