सवारी दुर्घटना हुँदा २ वर्षीया बालिकासंगै एक युवकको मृत्यु

   २६ मंसिर २०७७, शुक्रबार १०:३७  

२६ मंसिर, रौतहट । छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटना एक २ वर्षीया बालिकासंगै एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङका दुई वर्षीया बालिका र मोरङका २८ वर्षीय पुरुष रहेका प्रहरीले जनाएको हो ।

सुदूर पश्चिम प्रदेशको बझाङ जिल्लामा बसको ठक्करबाट बित्थडचिर गाउँपालिका ९ सुनकुडाका २ वर्षीया दीपिका विष्टको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ६ ख १७९५ नंको बसले ठक्कर दिँदा २ वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएको प्रहरीले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, मोरङको कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका लेटाङ नगरपालिका ६ बस्ने २८ वर्षीय नगेन्द्र राईको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको छ ।

लेटाङ–कानेपोखरी सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा मोटरसाइकल अनियन्त्रित भएर १५ दिनअघि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मंसिर १० गते भएको दुर्घटनामा गम्भीर घाइते भएका राईको बिहीबार राति १०ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।