बिहीबार थप १२१७ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

   २५ मंसिर २०७७, बिहीबार १६:४०  

२५ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार बितेको २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये हालसम्म नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या १२ हजार ३ सय ८६ रहेको छ ।

यस्तै, बिहीबार थप १ हजार ६४ जना डिस्चार्ज भएसंगै नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको मन्त्रालयले जनाए ।

यस्तै, विगत २४ घण्टामा थप १२ जनाको मृत्यु भएसंगै नेपालमा आजसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

नेपालमा हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाको छ ।