७० वर्षीया वृद्धको बलात्कारपछि हत्या, ३५ वर्षीय आरोपी पक्राउ

   २५ मंसिर २०७७, बिहीबार १४:१६  

२५ मंसिर, रौतहट । झापाको मेची नगरपालिका १३ चारआलीमा एक वृद्धलाई बलात्कारपछि, घाँटी थिचेर हत्या गरिएको छ ।

अर्जुनधारा नगरपालिका ११ बस्ने एक ७० वर्षीया वृद्ध माइना हस्दालाई जबरजस्ती करणी गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिएको हो ।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको छ । अभियुक्त बिर्जाले नै बिहीवार बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए ।

प्रहरीले शंका लागेर केरकार गर्दा बिर्जा आफैंले बुधवार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ । बुधवार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताए ।

घटनास्थलमा पुगी प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।