ललितपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

   २५ मंसिर २०७७, बिहीबार १३:१७  

२५ मंसिर, रौतहट । ललितपुरमा एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा महालक्ष्मी नगरपालिका ८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकेष्ण श्रेष्ठलाई बुधबार दिएँसो नै पक्राउ गरिएको थियो ।

युवतीलाई ललाइफकाई पटकपटक श्रीकृष्णले जबजस्ती करणी गरेको सूचना पाइएपछि, महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ती किशोरीको स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइएको प्रहरीले जनाए ।

यस्तै, पक्राउ परेका युवालाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।