पर्सामा ५ किलो चरेससहित दुई प्रहरी नियन्त्रणमा
२५ मंसिर, रौतहट । पर्साबाट ५ किलो चरेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चरेसहित पक्राउ पर्नेमा पर्सागढी नगरपालिका ९ हरिहरपुर का २२ वर्षीय घनश्याम यादव र ३७ वर्षीय भिमप्रसाद यादव रहेका प्रहरीले जनाएको हो ।
सखुवाप्रसीैनी गाउँपालिका २ श्रीपुर पचगवामा बीआर २२ एपी ८८२३ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुमाथि शंका लागेपछि, मोटरसाईकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट १० पोका (५ किलो) चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले बुधबार दिउँसो नै उनीहरुलाई नियन्त्रणमा लिएको थियो । दुवै जनालाई जिल्ला कार्यालयमा ल्याई उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।