सुनको मूल्य तोलामा ९०० घट्यो, चाँदीको मूल्यमा कति गिरावट

   २५ मंसिर २०७७, बिहीबार १२:०१  

२५ मंसिर, रौतहट । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा ९ सय रुपौयाँ घटेर बुधबार ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोलामा ९२ हजार ५ सय कायम भएको हो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५० रुपैयाँ तोक्किएको महसंघले जनाएको छ ।

त्यसैगरी, बुधबार १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउमा पनि १५ रुपैयाँ गिरावट भएको छ ।

बिहीबार चाँदीको कारोबार १ हजार २ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।