युनाइटेड फाइनान्सले लिमिटेड शेयरधनीलाई बनायो निराश
द नेपाल मिडिया
२५ मंसिर २०७७, बिहीबार ११:४४
२५ मंसिर, रौतहट । युनाइटेड फाइनान्स लिमिटेड ले आफ्ना शेयरधनीलाई निराश बनाएको छ ।
फाइनान्सले गत आर्थिक वर्ष २०७६र७७ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने अवस्था आएपछि यस्तो परिस्थिति सिर्जना भएको हो ।
फाइनान्सको सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न २५५ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजय कुमार मिश्रले जानकारी दिए ।