कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, तीन जना घाइते
२५ मंसिर, रौतहट । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा १ जना को मृत्यु भएको छ, भने ३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा से १ प ५५७८ र से ६ प ३७११ नम्बरको दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ, भने दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा से १ प ५५७८ नम्बरको मोटरसाइकल सवार धनगढी उपमहानगरपालिका १९ बस्ने गम्भीर घाइते भएका पुरन बोहरालाई बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।
तर, गम्भीर घाइते भएका बोहराका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
सोही मोटरसाइकल चालक धनगढी–१७ का रमेश बोहराको कोहलपुरमै उपचार भइरहेको उनले बताए ।
से ६ प ३७११ नम्बरको मोटरसाइकलका चालक र पछाडि सवार व्यक्तिको धनगढीस्थित माया मेट्रोमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।