कोरोनाका कारण तीन वृद्धले आफ्नो ज्यान गुमाए
२५ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप तीन जना वृद्धको मृत्यु भएको छ । संक्रमणबाट झापामा एक जना, मोरङमा एक जना र सुनसरीमा एक जना गरी थप तीन जना वृद्धको मृत्यु भएको हो ।
सुनसरीको रामधुनी ७ का ६३ वर्षीय वृद्धलाई यही मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पछि उपचारका लागि नोबेल अस्पताल विराटनगरमा भर्ना भएका वृद्धको उपचारका आज बिहान क्रममा मृत्यु भएको छ ।
यस्तै, दमक १० बस्ने ६९ वर्षीय वृद्धको कारोना पुष्टि भएपछि उपचारक लागि अस्पतालमा हिजो राति करिब ९ बजे ल्याइएको थियो । अस्पतालमा उपभारकै क्रममा कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यसैगरी, मोरङको उर्लाबारी १ बस्ने ८४ वर्षीय वृद्धको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको बुधबार राति ९ बजे मृत्यु भएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।