नेपालमा थप १०५६ जनामा संक्रमण पुष्टि
२४ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसँग हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । जसमध्ये हाल नेपालमा सक्रिय संक्रमितको कुल संख्या १२ हजार २ सय ४५ रहेको छ ।
यस्तै, विगत २४ घण्टामा थप १ हजार ४ सय ८३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने योसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।
यसैबीच कोरोनाका कारण थप १४जनाको मृत्यु भएको छ, भने हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय ५१ पुगेको मन्त्रालयले जनाए ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३ सय ९३ जना, भक्तपुरमा ३९ र ललितपुरमा ७५ जना रहेका छन् ।