बाँकेमा थप ८ जना कोरोना संक्रमणमुक्त

   २४ मंसिर २०७७, बुधबार १४:५३  

२४ मंसिर, रौतहट । बाँकेमा आज थप ८ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएका छन् ।

जिल्लामा रहेका विभिन्न आइसोलेसनबाट थप ५ जना पुरुष र ३ जना महिला गरी ८ जना कोरोनामुक्त भएका जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको हो ।

यो संगै बाँकेमा कोरोना संक्रमीत डिष्चार्ज हुनेको संख्या ३ हजार ८ सय ७४ पुगेको छ ।