पोखरामा ७७ वर्षीय संक्रमित वृद्धको मृत्यु

   २४ मंसिर २०७७, बुधबार १३:५३  

२४ मंसिर, रौतहट । पोखरामा थप एक जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा पोखरा महानगरपालिका १३ बस्ने ७७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि, पीसीआर परीक्षण गराउँदा यही मंसिर २२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित वृद्ध पुरुषको उपचारकै क्रममा आज बिहान करिब १ः१५ बजेको समयमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियनत्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।