नेकपा संस्थापक तथा केन्द्रीय सल्लाहकार गौतमको निधन

   २४ मंसिर २०७७, बुधबार १२:२८  

२४ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आन्दोलनको विकासमा निरन्तर लागिरहेका दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ ।

विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान करिब ३ बजे ९३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।

उनी नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।

उनको अन्तिम दाहासंस्कार आजै दाङको शङ्खेपिपलमा ११ बजे गरिने भएको छ ।