कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु
२४ मंसिर, रौतहट । रुपन्देहीमा उपचाररत थप एक जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा सैनामैना नगरपालिकाका ७३ वर्षीय पुरुष रहेका अस्पतालले जनाएको हो ।
यही मंसिर २० गते कोरोना पुष्टि भएपनि उनी उपचारका लागि मंसिर २२ गते भैरहवाको भीम अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा नै मंगलबार गएराति करिब ११ बजेको समयमा संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।
संक्रमित पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेका डा. पोखरेलले बताए ।






