चितवनमा ट्यांकरले ठक्करबाट एक जनाको मृत्यु

   २४ मंसिर २०७७, बुधबार ११:०७  

२४ मंसिर, रौतहट । चितवनमा इन्धन बोकेको ट्यांकरको ठक्करबाट मोटरसाइकल चाकलकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ६ का बर्ष २२ का अब्जल देवान रहेका प्रहरीले जनाएको हो ।

ना ४१ प ९८६२ नम्बरको मोटरसाइकलले आज बिहान करिब ६ः३० बजेतिर खैरहनी नगरपालिका वडा नम्बर ९ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउंँदै गरेको लु १ ख ६५८१ ट्यांकरले विपरीत दिशाबाट आइरहेको क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते देवानको उपचारको क्रममा बिहान ७ बजेर २० मिनेटमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।