सुनसरीमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

   २३ मंसिर २०७७, मंगलवार १६:०२  

२३ मंसिर, रौतहट । सुनसरीमा मोटसाइकलको ठक्करबाट एक ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा सोही ठाउँका बस्ने व्यक्तिको मोटरसाइकलको ठक्करबाट तीन वर्षीया सुस्मिताकुमारी मेहताको मृत्यु भएको हो ।

को. २३ प ५२१८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको बालिकालाई उपचारका लागि न्यूरो अस्पताल विराटनगरमा ल्याइएको थियो ।

तर, उपचारका क्रममा ती बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिए ।

ठक्करदिएर फरार भएका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाए ।