मोरङमा अवैध कपडा र प्याज बरामद
द नेपाल मिडिया
२३ मंसिर २०७७, मंगलवार १५:१७
२३ मंसिर, रौतहट । नेपाल भारतको जोडिएको सीमा जोगवनीबाट अवैध रुपमा ल्याएको कपडा र प्याज प्रहरीले बरामद गरेको छ ।
भन्सार छलेर सोमबार साँझ विराटनगर महानगरपालिका १६ स्थित बखरीबाट करिब ३७ हजार मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बरामद गरेको हो ।
प्रहरीको गस्ती परिचालित भएको सूचना पाएपछि, तस्कर समूहसो समान छाडेर भागेका थिए ।
बरामद भएको सामान भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।