रुपन्देहीमा कोरोनाका कारण थप एक जनाले ज्यान गुमाए

   २३ मंसिर २०७७, मंगलवार १४:५६  

२३ मंसिर, रौतहट । बुटवलमा उपचाररत थप एक जनाको कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ ।

पाल्पाको रामपुर ४ बस्ने ६३ वर्षीय पुरुषको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि, उपचारका लागि यही मंसिर ६ गते उनी अस्पतालमा भर्ना भएको थिए । स्वास्थ्यमा सुधार नभएपछि, पीसीआर परीक्षण गराउँदा उनमा यही मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा उपचारकै क्रममा आज बिहन करिब ११ बजे मृत्यु भएको अस्पतालले जनाए ।