सगरमाथाको उचाई अब ८ हजार ८ सय ४८.८६ मिटर
। सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८. ८६ मिटर कायम भएको नेपाल र चीनले घोषणा गरेका छन्। सगरमाथाको उचाई झन्डै १ मिटर थपिएको दुई देशबाट भएका बेग्लाबेग्लै सर्बेले देखाएको हो ।
यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् । यस अघिको उचाइभन्दा ८६ सेन्टिमिटर बढी हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।
६६ वर्षपछि सगरमाथाको नयाँ उचाई रेकर्ड भएको हो । नापी विभागमा आज आयोजित कार्यक्रममा नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन्। फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागकै जनशक्तिबाट नेपालकै प्रयोगशालामा प्रशोधन तथा मिराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम तय भएको हो।
नेपालका नापी अधिकृतले २ वर्ष लगाएर सगरमाथाको मापन गरेका हुन्। सर्वोच्च चुचुरोको नयाँ उचाई सार्वजनिक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थिति थियो। चीनका विदेश मन्त्री वाङ यी पनि भर्चुअल रुपमा समारोहमा जोडिएका थिए।
परराष्ट्र मन्त्री ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए। ‘ग्लोबल न्याभिगेसन स्याटालाइट सिस्टम’ को प्रयोग गर्दै सगरमाथाको उचाइ लिने काम भएको हो। नयाँ उचाई ६ महिनामा नै उचाइ सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले नयाँ मिति घोषणा गर्न ढिला भएको थियो।
आर्थिक वर्ष ७५–७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।