उदयपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गर्ने, ६३ वर्षीय आरोपी पक्राउ
२३ मंसिर, रौतहट । उदयपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका ९ का ६३ वर्षीय सूर्य पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






