दाङमा लागुऔषधसहित ६ जना पक्राउ
२३ मंसिर, रौतहट । दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ परेको छ ।
जिल्लाका गाउँपालिका १ जुरौनी बस्ने गफुर मियाको घरबाट ३० ग्राम अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेशि प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
लागुऔषधसहित पक्राउ पर्नेमा प्युठान सरुमारानी राप्ती गाउँपालिका–१ बाङ्गेसाल निवासी ३० वर्षीय ईसादिन मिया, राप्ती गाउँपालिका ९ देवीकोट का ३७ वर्षीय सङसुलहक मिया, सोही ठाउँ निवासी २८ वर्षीय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षीय रबिन नेपाली, साथै बाङ्गेसाल निवासी २४ वर्षीय ईदिस मिया र गढवा गाउँपालिका–१ जुरौनी निवासी ३२ वर्षीय गफुर मिया रहेका लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता राजकुमार बैदवारले जानमकारी दिए ।
उनीहरुमाथि इलाका प्रहरी कार्यालय गढवा दाङबाट थप अनुसन्धान भइरहेको छ ।