सुनचाँदीको मूल्यमा फेरि वृद्धि

   २३ मंसिर २०७७, मंगलवार १२:५५  

२३ मंसिर, रौतहट । नेपाली बजारमा मंगलबार फेरी सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजार ५ सय रुपैयाँ बढेर छापावाल सुनको कारोबार प्रतितोलामा ९४ हजार ६ सय ५० रुपैयाँमा भइरहेको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोलामा ९३ हजार ६ सय ५० रुपियाँ तोक्किएको महासंघले जानकारी दिए ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ बढेर प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।