सर्लाहीमा गएराति आगलागी हुँदा एक जनाको घर जलेर नष्ट, १२ लाखको क्षति
२३ मंसिर, रौतहट । सर्लाही जिल्लाको विष्णु गाउँपालिका २ पकडीगोठ स्थित सोमबार गएराति भएको आगलागीमा एक जनाको घर जलेर नष्ट भएको छ ।
गएराति करिब ११ बजेको समयमा आगलागी हुँदा विष्णु गाउँपालिका २ पकडीगोठ स्थित योगेन्द्रप्रसाद साहको घर जलेर नष्ट भएको सर्लाही प्रहरीले जनाकारी दिएको हो ।
आगलागीमा काठले बनेको घर र घरभित्र रहेको लताकपडा, अन्नपात र घर बनाउने सेन्ट्रीको सामानलगायतका सामान जलेर नष्ट भएको छ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको छ ।
प्रहरीले स्थानीयको सहयोगमा आलो नियन्त्रणमा लिएको थियो ।