प्रतिष्ठानमा उपचाररत एक ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु

   २३ मंसिर २०७७, मंगलवार ११:२०  

२३ मंसिर, रौतहट । बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा सप्तरी जिल्लाको लक्ष्मीपुर ३ बस्ने ४२ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार गएराति करिब १०ः५० बजे मृत्यु भएको हो ।

ती संक्रमित पुरुष पहिलेदेखि नै दीर्घ रोगीसमेह रहेका बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए।
अस्पतालले शवको नियमानुसार व्यवस्थापन हुने जानकारी दिएको छ ।