नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण पुष्टि, १६२८ जना कोरोनामुक्त

   २२ मंसिर २०७७, सोमबार १७:०१  

२२ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस ९कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य थता जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ हजार २ सय २० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९४ पुगेको छ । जसमध्ये हाल नेपालमा १२ हजार ८ सय ४८ संक्रिय कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यस्तै विगत २४ घण्टामा थप १ हजार ६ सय २८ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएको छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।

यसैबीच कोरोना संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ६ सय १४ पुगेको मनत्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ४ सय ४२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।