सल्यानमा वृद्धलाई बोक्सी भन्ने तीन महिलालाई कैद र जरिवाना

   २२ मंसिर २०७७, सोमबार ११:३१  

२२ मंसिर, रौतहट । सल्यानमा ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाएका कारण तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका १ श्रीनगर बस्ने ६० वर्षीया महिलालाई बोक्सी भनिएको अभियोगमा यही मंसिर २१ गते ३ जना आरोपी महिलालाई कैद र जरिवाना समेत सजाय भएको जिल्ला न्यायाधिश कुल प्रसाद पाण्डेले जानकारी दिएको हो ।

गत भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँ निवासी २१ वर्षीया सरिता खड्का, २३ वर्षीया जयन्ती रोका र २४ वर्षीया गिता खड्कालाई गत असोज १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।

हाल जिल्ला अदालत सल्यानले मंसिर २१ गते जयन्ती खड्कालाइ ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनायो भने अन्य दुईजना सरिता खड्का र गिता खड्कालाइ जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवानको फैसला सुनाएको श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।