ट्रक दुर्घटना हुँदा ३ जनाले आफ्नो ज्यान गुमाए

   २२ मंसिर २०७७, सोमबार १०:५९  

२२ मंसिर, रौतहट । दार्चुलाको मालिकार्जुन गाउँपालिका १ भर्तीलामा आइतबार गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति शैलेशिखर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलैगा जाने क्रममा दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको हो ।

ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ बस्ने २४ धनसिङ भण्डारी र बैतडीका २४ वर्षीय शेरबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता पुष्कर सिंह ऐरिले जनाए ।

अर्का एक जनाको सनाखत हुन सकेको छैन ।ट्रक सडकबाट करिब १ सय मिटर तल खसेको छ ।