बानेश्वरमा सवारी दुर्घटना हुँदा ७० वर्षीय वृद्धको मृत्यु
२२ मंसिर, रौतहट । बानेश्वरमा आइतबार गए राति मोटरसाइकलको ठक्करबाट एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
काठमाडौँको आलोकनगर बस्ने ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो ।
बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको सडक पार गर्ने क्रममा धिताललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएको धितालको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसएसपी भट्टराईले जनाए ।
मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको र यस बारे अनुसन्धान भइरहेको भट्टराईले बताए ।






