आज थप १०९६ जनामा कोरोना पुष्टि, १७५२ जना संक्रमणमुक्त

   २१ मंसिर २०७७, आईतवार ११:०८  

२१ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य थता जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । जसमध्ये हाल नेपालमा १३ हजार ५ सय ८२ संक्रिय कोरोना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यस्तै विगत २४ घण्टामा थप १ हजार ७ सय ५२ जनाले कोरोना भाइरस (कोभिड १९)का संक्रमण जितेर डिस्चार्ज भएको छन्, भने यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ ।

यसैबीच कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ, भने योसंगै हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ५ सय ९४ पुगेको मनत्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा थप ४ सय ८४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।