रौतहटको गौरमा कपडा बैंकको शुरुवात

   २१ मंसिर २०७७, आईतवार ०७:२८  

२१ मंसिर, रौतहट । लियो क्लब अफ रौतहटले सदरमुकाम गौरमा कपडा बैंकको शुरुवात गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट अगाडीको बाटो छेउमा निशुल्क रुपमा कपडा वितरणको केन्द्र राखिएको हो । हुनेले दिएर जाँउ, नहुनेले लिएर जाँउ भन्ने सन्देशका साथ जाडोको बेलामा कपडा वितरणको सो प्रयासको शुरुवात गरिएको हो ।

नेपालका विभिन्न सहरहरुमा यस किसिमको कपडा बैंकको शुरुवात भइसकेको अवश्थामा रौतहटमा पनि शुरु हुनु सराहनिय रहेको स्थानियले बताएका छन ।

घरमा थन्कीएर रहेका नच्यातिएका र लगाउन मिल्ने लुगाहरु सो स्थानमा छोडदा आवश्यक भएकाहरुले प्रयोग गर्न सक्ने र यसरी दिने र लिने दुवैजना लाभान्वीत हुने सोचका साथ युवाहरुले कपडा बैंकको स्थापना गरेको जनाएका छन ।