ललितपुरमा ट्राफिक प्रहरीलाई घुस दिन आरोपमा एक जना प्रक्राउ
२१ मंसिर, रौतहट । ललितपुरको बालकुमारी क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिने आरोपमा एक जना पक्राउ परेको छ ।
घुस दिने अभियोगमा ललितपुरको बालकुमारी नै बस्ने २८ वर्षीय हर्कबहादुर मगरलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
बा. १३ च २८९६ नम्बरको बोलेरो चालक मगरले बालकुमारी क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानलाई आफू कारवाहीबाट बच्नका लागि रु २ सय रुपैया घुस दिन खोजेको प्रहरीले बताएको छ ।
उनलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारवाही गरिने प्रहरीले जनाए ।