भक्तपुरमा कार दुर्घटना हुँदा एक महिलाको घटनास्थमै मृत्यु, तीन जना घाइते

   २१ मंसिर २०७७, आईतवार ०५:२४  

२१ मंसिर, रौतहट । भक्तपुरमा शनिबार मध्यराति कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौँ धुम्बाराही पिपलबोट का ३० वर्षीया रिया श्रेष्ठ रहेकी प्रहरीले जानकारी दिएको हो ।

बा ८ च. ४७५६ नम्बरको कार भक्तपुरको मध्यपुरठिमी नगरपालिका ३ कौशलटारमा भक्तपुरबाट आउँदै गरेको समयमा दुर्घटना भएको प्रहरीले जनाए ।

अन्य तीन जनाको अवस्था भने सामान्य रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।