देवाही गोनाही नगरपालिकामा भिषण आगलगानी
द नेपाल मिडिया
१९ मंसिर २०७७, शुक्रबार ११:३१
१९ मंसिर, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका वार्ड नं. ९ , धरहरीमा शुक्रवार आगलगानी भएको छ । प्रहरीले दिए जानकारी अनुसार आगलगानीमा परेर विष्नु राय यादवको घर पुरै रुपले नष्ठ भएको छ ।
यो आगलगानी करिब ३ बजेर ४५ मिनेट तिरको छ । आगो ताप्नलाई लगाइएको शानो आगोले बिशाल रुप लिएका थियो ।
स्थानिय र प्रशासनको धेरै प्रयास पछि आगो नियन्त्रण आएकोे छ ।