नेपालमा थप १२७२ जनामा कोरोना पुष्टि
१९ मंसिर, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८ हजार ४१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय ७२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । जसमध्ये हाल नेपालमा १५ हजार ४ सय ४७ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, विगत २४ घण्टामा थप १ हजार ५ सय ७५ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको मन्त्रालयले जानकारी दिए ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ, भने हालसम्म देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ हजार ५ सय ६७ पुगेको छ ।