एउटा बैंकको एटीएम अर्काे बैकको एटीएममा प्रयोग गर्दा आज देखि शुल्क लाग्ने

   १९ मंसिर २०७७, शुक्रबार १०:२२  

१९ मंसिर, रौतहट । आजदेखि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एटीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

अब बैंकहरूले साविककै व्यवस्था अनुसार अन्तर बैंक एटीएम प्रयोगमा शुल्क लिन पाउनेछन् ।