कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु

   १९ मंसिर २०७७, शुक्रबार १४:३७  

१९ मंसिर, रौतहट । कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा चितवनको कालिका नगरपालिका ४ का ४९ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा, ज्वरो र खोकीका समस्या भएपछि उनी यही मंसिर १३ गते भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

ती संक्रमित पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड आईसीयूमा राखि उपचार गर्दागर्दाै मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

योसंगै चितवनमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ९६ पुगेको पौडेलले बताए ।