विराटनगरमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

   १९ मंसिर २०७७, शुक्रबार १४:१९  

१९ मंसिर, रौतहट । विराटनगरमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृतयु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा सिरहाका एक जना र दमकका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।

सिरहा मिर्चाैयाका ७५ वर्षीय वृद्धको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा नै बिहीबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको हो ।

छातीमा समस्या र ज्वरोसमेत रहेका उनमा हिजो नै कोरोना संक्रमण पुष्टि भएसंगै अस्पालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । बेलुका कोरोना पुष्टि भएपछि अस्पतालकै आइसोलेशनमा राखिएको थियो ।

त्यसैगरि, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिकाका ५६ वर्षीय पुरुषको पनि मध्यरातमा मृत्यु भएको हो ।

ती व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आएपछि, यही मंसिर १३ गते विराटनगरको विराटनगर अस्पतालमा भर्ना भई पीसीआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएपछि, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गराएका थिए ।

आइसोलेशनमा रहेका उनको बिहीबार मध्यरातमा मृत्यु भएको आइसोलेशन इन्चार्ज सुनिल देवले जानकारी दिए ।