धनुषमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु
१९ मंसिर, रौतहट । धनुषामा मोटसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाका हंसपुर नगरपालिका ५ बेल्हीमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय जोगी यादवको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट वेल्ही धनषाले जानकारी दिए ।
शुक्रबार ज ९ प ५९९१ नम्बरको मोटरसाइकल बेल्हीबाट सुगानिकासतर्फ जाँदै गरेको साँझ करिब ७ः१५ बजेको समयम बाटोमा हिँड्दै गरेका वृद्धलाई ठक्कर दिएको प्रहरीले जनाए ।
ठक्करबाट गम्भरी घाइते भएका वृद्धलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा बाटौमै उनका मृत्यु भएको थियो ।
मोटरसाइकल चालक फरार भएकाले खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट बेल्ही धनुषाले जनाएको छ ।