पत्रकारमाथि हातपात गर्ने कर्मचारी पक्राउ

   १९ मंसिर २०७७, शुक्रबार १२:१६  

१९ मंसिर, रौतहट । झापाको दमकस्थित मालपोत कार्यालयका एक कर्मचारीले पत्रकारमाथि हातपात गरेको आरोपमा पक्राउ परेका छन् ।

पीडित पत्रकारको उजुरीपछि, कर्मचारी इन्द्र राजवंशीलाई शुक्रबार बिहान नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको हो ।

यही मंसिर १६ गते (मंगलबार) करिब ४ बजेको समयमा शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै १० हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपनत गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

सो घटनाको नेपाल पत्रकार महासंघ झापा शाखालगायतले भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।

यसैगरी, बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह समेत गरेका थिए ।