कोरोना संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु

   १९ मंसिर २०७७, शुक्रबार ११:१७  

१९ मंसिर, रौतहट । कैलालीमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमणका कारण मृत्यु हुनेमा कैलाली गोदावरी ३ बस्ने ७६ वर्षीय पुरुष रहेका अस्पतालले जनाएको हो ।

स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागि अस्पताल भर्ना भएकै दिन मंसिर १४ गते पीसीआर परीक्षण गराउँदा सोही दिन उनका कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालमा उपचारकै क्रममा आज बिहान ती संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।