बैतडीमा १० किलो चरेससहित एक पक्राउ

   १९ मंसिर २०७७, शुक्रबार ११:०४  

१९ मंसिर, रौतहट । बैतडीमा दश किलो चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बझाङको बुङ्गल नगरपालिका ९ का ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका हुन् ।

गोप्य सूचनाका आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले धानुकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनलाई झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनलाई समातेका अधिकारीले बताए ।

उनलाई गए राति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका ६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।
पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।