बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु

   १९ मंसिर २०७७, शुक्रबार १०:४५  

१९ मंसिर, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण बाँकेमा उपचाररत दुई जनाको मृत्यु भएको छ ।

संक्रमणबाट मृत्यु हुनेमा तुलसीपुरका एक जना र सोही स्थानका एक संक्रमितको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका ११ बस्ने ४५ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि, पीसीआर परीक्षण गराउँदा यही मंसिर ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी उपचारका लागि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भएका थिए ।

उपचारकै क्रममा बिहीबार राति करिब ९ बजेको समयमा उनका मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै, तुलसीपुर उपमहानगरपालिकाका ८१ वर्षीय पुरुषको पनि उपचारका क्रममा नै बिहीबार राति करिब १०ः४५ बजेको समयमा मृत्यु भएको छ । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।